स्रोत नखुलेको ३८ लाखसहित सुनधाराबाट एक जना पक्राउ

अनलाइनसमय |
२८ असार २०८१
स्रोत नखुलेको ३८ लाखसहित सुनधाराबाट एक जना पक्राउ

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

उनको साथबाट प्रहरीले प्रहरीले बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरलिे जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस