राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

अनलाइनसमय |
२८ असार २०८१
राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले भोलि, शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस