बाढी पहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

अनलाइनसमय |
२९ असार २०८१
बाढी पहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले बाढीपहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाकासाथ काम गर्न आग्रह गरेका छन् ।

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिंदै उनले सबै एक भएर विपत्तिको सामना गर्न अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस