प्रधानमन्त्रीमा ओलीको शपथ पर्सि

अनलाइनसमय |
३० असार २०८१
प्रधानमन्त्रीमा ओलीको शपथ पर्सि

काठमाडौं, २९ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए।

नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबारसम्मको समयसीमा दिएर आह्वान गरेका थिए।

दाबी पेस भैसकेको भए पनि सोमबार मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराइने शितल निवासको तयारी छ । राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस