काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आएको दाबी गरेका छन् ।
केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”‘ लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
