लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

अनलाइनसमय |
३२ असार २०८१
लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

काठमाडौं, ३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । लोसपाले भण्डारीलाई श्रममन्त्री बनाएर पठाउने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।

उनी गत फागुनसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रममन्त्री थिए । दाहालले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटेका थिए ।

लोसपाका प्रतिनिधि सभामा चार सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस