मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने

अनलाइनसमय |
३२ असार २०८१
मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने

काठमाडौं, ३१ असार । नेपालको पहिलो केबलकार मनकामना केबलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न आज असार ३१ गतेबाट लागु हुने गरी ५० दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ ।

स्तरोन्नति कार्यका लागि अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट दक्ष प्राविधिक आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ देखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस