काठमाडौं, ३१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन तयार रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु ।’
नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन ्। उनले केहीबरेमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन् ।