काठमाडौं, १ साउन । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले राणालाई सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले परराष्ट्रमन्त्रीको रूपमा राणासँग बहुआयामिक साझेदारी थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् ।
यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा.राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएका छन् ।
राणा सोमबार परराष्ट्र मन्त्रीमा नियुक्त भएकी थिइन् ।