उपप्रधानमन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तबीच शिष्टाचार भेटवार्ता

अनलाइनसमय |
१ साउन २०८१
उपप्रधानमन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, १ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए ।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै उक्त भेटवार्तामा भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस