काठमाडौं, १ साउन । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङका अनुसार पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो ।
उनका अनुसार पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया राई र उनकी बुहारी समीक्षाको मृत्यु भएको छ ।
ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् ।