महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

अनलाइनसमय |
१ साउन २०८१
महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

काठमाडौं, १ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वीकृत गरेका छन् ।

महान्यायाधिवक्ता पोखरेल प्रधानमन्त्रीको कानुनी सल्लाहकार हुन् । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई २०७९ पुस १६ गते महान्यायाधिवक्तामा ल्याएका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस