तोलामा १२०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
३ माघ २०८१
तोलामा १२०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएका चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस