काठमाडौं, ३ माघ । कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७.३३ अङ्कले घटेर दुई हजार ५८८.६२ बिन्दुमा काया भएको हो ।
आज १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर किनबेच हुँदा रू. ५ अर्ब ९३ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।
आज ८८ धितोपत्रको शेयर मूल्य बढ्दा १५२ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल २९६ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार लगानीमा समूहको उपसूचकमा सर्वाधिक २.०३ प्रतिशतले बढ्दा फाइनान्स समूहको उपसूचकमा सबैभन्दा धेरै ह्रास आएको छ । फाइनान्सको उपसूचक ५.१९ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा बोट्टलेस नेपाल, मन्दकिनी हाइड्रोपावर र वेन नेपाल लघुवित्त वित्तीय संस्थान रहेका छन् । त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको ९.९९ र एनआइसि एशिया सेलेक्ट फाउण्डको ९.०९ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज पोखरा फानान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर, रिलाइअन्स फाइनान्स र गुहेस्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स क्रमशः अगाडी छन् ।