बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
४ माघ २०८१
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । शुक्रबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा १२ सय रुपैयाँले १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस