फलामखानी र मल कारखाना खोल्दैछौं, ऊर्जा खपतको चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री

अनलाइनसमय |
४ माघ २०८१
फलामखानी र मल कारखाना खोल्दैछौं, ऊर्जा खपतको चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा आफलामखानी र कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने उनले बताए ।

सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ । “हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन् । धौबादी फलामखानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरुले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाको खपत हुनेछ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ ।
देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईँहरु लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनुपर्दैन ।”

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस