काठमाडौं, ६ माघ । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।