काठमाडौं, ६ माघ । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
बोनस शेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने बताइएको छ ।
कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।