आइतबार १२.५८ अङ्कले बढ्यो नेप्से परिसूचक

अनलाइनसमय |
६ माघ २०८१
आइतबार १२.५८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं, ६ माघ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२.५८ अङ्कले बढेर दुई हजार ६०१.२१ बिन्दुमा पुगेको हो ।

आज १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा रू. ६ अर्ब २५ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।

आज १७१ धितोपत्रको शेयर मूल्य बढ्दा ६८ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३२५ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ । फाइनान्स २.३२, जीवन बीमा ०.९१, निर्जीवन बीमा ०.६३, लगानी ०.३७, माइक्रोफाइनान्स ०.२८, कैंकिङ ०.१७, हाइड्रोपावर ०.४, अन्य ०.३ र विकास बैंक ०.२ प्रतिशतले बढेको छ । त्यस्तै म्युचुअल फाउण्ड सर्वाधिक ०.४६ प्रतिशतले घट्दा व्यापार ०.१३ र होटेल तथा पर्यटन उपसूचक ०.०८ प्रतिशतले ह्रास आएको छ ।

आज बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन वेन नेपाल लघुवित्त वित्तीय संस्थान ९.०९ र साम्लिङ पावर कम्पनी ७.४६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै एनआइसि एशिया सेलेक्ट फाउण्ड ९.२७ र रिभर फल्स पावर लिमिटेडको ६.४५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस