सरकारी कारोबार दोस्रो संशोधन जारी, सञ्चित कोषको खाता सञ्चालक महालेखा मात्र रहने

अनलाइनसमय |
६ माघ २०८१
सरकारी कारोबार दोस्रो संशोधन जारी, सञ्चित कोषको खाता सञ्चालक महालेखा मात्र रहने

काठमाडौं, ६ माघ । सरकारी कारोबार संचालन २०७६ को दोस्रो संशोधन जारी गरिएको छ । दोस्रो संशोधनमार्फत यसअघिका विभिन्न व्यवस्थामा परिवर्तन गरिएको छ । कतिपय व्यवस्था संशोधन गरिएको छ भने केही व्यवस्था हटाइएको र केहीमा थप गरिएको नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशिकामा उल्लेख छ । जसअनुसार संघीय सञ्चित कोषको खातासम्बन्धि व्यवस्थामा पनि संशोधन गरिएको छ ।

अव संघीय सञ्चित कोषको खाता सञ्चालन महालेखा नियन्त्रक कार्यालयबाट मात्र हुने छ । यसअघि महालेखाको नाममा संघीय कोषको खाता खोलिए पनि त्यसको सञ्चालन आवस्यकता अनुसार महालेखा कार्यालयसहित कोष तथा नियन्त्रक कार्यालय वा सम्बन्धित कार्यालय समेतमार्फत सञ्चालन हुने व्यवस्था थियो । दोस्रो संशोधनमार्फत यो खाताको सञ्चालकमा महालेखा कार्यालय मात्र रहने व्यवस्था गरिएको छ ।
यसैगरी विदेशी खाता सरकारी वित्तीय प्राप्ति र आम्दानी खाता पनि संशोधन गरिएको छ । यसअघि पहिलो संशोधनमा यो खातामा रहेको मौज्दात आर्थिक वर्षको साउन १ सञ्चित कोष मिलान खातामा पठाइ हिसाब मिलान गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई संशोधन गरेर आर्थिक वर्षको कात्तिक १५ गतेसम्म महालेखा नियन्त्रक कार्यालयको पत्र बमोजिम सञ्चित कोष मिलान खातामा पठाइ हिसाब मिलान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघिको पहिलो संशोधनमा निकासा खर्च खाता महालेखा नियन्त्रक कार्यालयको नाममा नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालयमा रहने र यस खातामा मासिक रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूसँग खर्चको हिसाब भिडान गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयले मात्रै खर्च लेखांकन गर्ने व्यवस्था रहेकोमा दोस्रो संशोधनमा यो व्यवस्था नै हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस