बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस

अनलाइनसमय |
११ माघ २०८१
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं, ११ माघ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी शुक्रबार माघ १८ गते ११ बजे प्रदेश सभाको १५औं अधिवेशन बोलाउन प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय हो ।

लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । प्रदेशसभा ठप्प भएको ४ महिनापछि सरकारले प्रदेशसभा बैठक राख्ने तयारी गरेको हो ।

सदनमा प्रदेश सरकारले हाल चारवटा विभिन्न संशोधन विधेयक दर्ता गराएको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।

गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते अन्त्य भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस