फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै नेको इन्स्योरेन्स

अनलाइनसमय |
२० माघ २०८१
फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै नेको इन्स्योरेन्स

काठमाडौं, २० माघ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै सीडीएससीको मेरो शेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो । यसर्थ माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस