काठमाडौं, २० माघ । काठमाडौंका बुढानीलकण्ठ र कोटेश्वरमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
बुढानीलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएको सटरहरूमा आगलागी भएको हो । कपन बस्ने इश्वर गौतमको फर्निचर उद्योग, वीरेन्द्र साहको माछा पसल, रूद्र बस्नेतको क्याटरिङको सामान पसल, लिलाबहादुर तामाङको खाजा घर र अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा शनिबार राति आगालगी हुँदा २५ लाख १४ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा आगलागी हुँदा ७ लाख ५५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल को क्षति भएको छ । उक्त घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका–१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको थियो ।