नेप्से २.४१ अङ्कले बढेर २,७३० को विन्दुमा, घट्यो कारोबार

अनलाइनसमय |
२१ माघ २०८१
नेप्से २.४१ अङ्कले बढेर २,७३० को विन्दुमा, घट्यो कारोबार

काठमाडौं, २१ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ४१ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ३० को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ६९.८० अङ्कले २ हजार ७२७ को विन्दुमा कायम भएकोे थियो ।

आज कारोबार रकम पनि घटेको छ । आइतबार १२ अर्ब ९५ करोड रुपैयाँ कारोबार भएकोमा आज घटेर ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भइको छ । यस दिन २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबारमा आएको छ ।

सोमबार ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये १३७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९७ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक घटेको छ । आज निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ०.८२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको ०.७९, म्युचुअल फन्डको ०.७८, जीवन बीमाको ०.६७, बैंकिङको ०.५४, उत्पादनमुलक समूहको ०.२७ र माइक्रोफाइनान्सको उपसूचक ०.१० प्रतिशतले बढेको छ ।

यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.०७ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको ०.४८, लगानी समूहको ०.४७, विकास बैंकको ०.३९, होटल एन्ड टुरिजमको ०.०१ र अन्य समूहको उपसूचक ०.६० प्रतिशतले घटेको छ ।
सोमबार उपकार लघुवित्त र भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सनराइज फोकस इक्वीटी फन्डको ९.०२, सप्तकोशी विकास बैंकको ८.७४, एलआइबीएल स्टेबल फन्डको ८.०२, सामुदायिक लघुवित्तको ७.८४, साम्लिङ पावरको ६.८०, बरुण हाइड्रोको ६.८० र कर्पाेरेट डिभलपमेन्ट बैंकको ४.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्री स्टार हाइड्रोको ५.५२, पाँचथर पावरको ४.३५, सानिमा डिल तमोर हाइड्रोको ४.१५ र एनआईसी एसिया ब्यालेनस फन्डको ३.७९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस