माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, कुनमा को ?

अनलाइनसमय |
२१ माघ २०८१
माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, कुनमा को ?

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले एक विषेश प्रदेशसहित अन्य सात प्रदेश र प्रवासका इन्चार्ज तोकिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार, कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।

यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज भुसाल पम्फा थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस