बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान

अनलाइनसमय |
२२ माघ २०८१
बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान

काठमाडौं, २२ माघ । बागमती प्रदेशमा आज सर्वदलीय बैठक बोलाइएको छ । माघ २३ गते बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिएको थियो । तर, दलहरूबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन । सोही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गरेका हुन् ।

सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेमा माघ २३ गते बस्ने बैठकमा विधेयक प्रस्तुत गर्ने र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस