काठमाडौं, २२ माघ । दुई दिन देखि लगातार स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस यता आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
तयस्तै आज चाँदीको मूल्य पनि बढेका छ । यस दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।