काठमाडौं, २२ माघ । चालू अर्थिक वर्ष (आव)को पुस महिनामा डिजिटल माध्यममार्फत करिब ७२ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत पुसमा ७१ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आव २०८०/८१ को पुसको तुलनामा ६५ दशमलव ९४ प्रतिशत बढी हो । सो आवको पुसमा ४३ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।
पुसमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट रू. ५३ खर्ब १ अर्ब ३ करोड रुपैयाँ भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा २ गुणा बढी हो । गतवर्ष २६ खर्ब २९ अर्ब ४ करोड रुपैयाँ भएको थियो । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ५ खर्ब ३४ अर्ब ९६ करोड, फास्टर पेमेन्ट सिस्टम (एफपिएस)बाट ४ खर्ब १० अर्ब ९९ करोड र मोबाइल बैंकिङबाट ३ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी भएको छ ।
कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० लाख)मा

स्रोत : नेपाल राष्ट्र बैंक
चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि पुससम्ममा ८० करोड २ लाखको भुक्तानी भएको तथ्याङ्क छ । यस प्रणालीबाट असोजमा १३ करोड ९ लाख, कात्तिकमा १५ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको थियो भने मंसिरमा १९ करोड ३ लाख र पुसमा ३१ करोड ४ लाखको भएको छ ।