नेप्सेमा १४.०८ अङ्कको ह्रास, हाइड्रोपावर र अन्य बाहेकका सबै उपसूचक घटे

अनलाइनसमय |
२२ माघ २०८१
नेप्सेमा १४.०८ अङ्कको ह्रास, हाइड्रोपावर र अन्य बाहेकका सबै उपसूचक घटे

काठमाडौं, २२ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १४ दशमलव ०८ प्रतिशतले घटेर २ हजार ७ सय १५ दशमलव ९१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २,७३० को विन्दुमा कायम भएकोे थियो ।

आज नेप्सेमा आएको ह्राससँगै कारोबार रकम पनि घटेको छ । यस दिन १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार ३१५ धितोपत्र कारोबारमा आए, जसमध्ये १६२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७१धितोपत्रको मूल्य बढेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज हाइड्रो र अन्य समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन विकास बैंक समूहको उपसूचक सबैभन्दा बढी २.६० प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै होटल एनड टुरिजमको १.७९, फाइनान्सको १.७०, उत्पादनमुलक समूहको १.१३, माइक्रोफाइनान्सको ०.६४, बैंकिङ समूहको ०.५७, म्युचुअल फन्डको ०.५४, लगानी समूहको ०.५० र जीवन बीमा समूहको ०.२४ प्रतिशतले घटेको छ ।

मंगलबार जोशी हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत कम्पनीको ८.२५, ङादी हाइड्रोको ८.१९, उपकार लघुवित्त वित्तीय संस्थाको ८.१२, कालिका पावर कम्पनीको ८.०५, सामुदायिक लघुवित्तको ६.८६, हिमालय उर्जा विकास कम्पनीको ६.२५ र खानीखोला हाइड्रोको ५.५३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज कर्पाेरेट डिभलपमेन्ट बैंक, ग्रीन डिभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै सप्तकोशी डिभलपमेन्ट बैंकको ९.९९, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ४.७७ र माया खोला हाइड्रोको ४.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्राक्चर, नेपाल रि–इन्स्योरेन्स, हिमालय उर्जा विकास कम्पनी, हिमालयन रि–इन्स्योरेन्स र पीपुल्स हाइड्रोपावर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस