यस वर्षको ‘महाकवि देवकोटा पुरस्कार’ बाट पाँच स्रष्टा पुरस्कृत हुँदै (नामावलीसहित)

अनलाइनसमय |
२५ वैशाख २०८२
यस वर्षको ‘महाकवि देवकोटा पुरस्कार’ बाट पाँच स्रष्टा पुरस्कृत हुँदै (नामावलीसहित)

काठमाडौं, २५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्ष २०८१/८२ मा ‘महाकवि देवकोटा पुरस्कार’ बाट सम्मानित हुने व्यक्तिको नाम सार्वजनिक गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै ‘महाकवि देवकोटा पुरस्कार’ विभिन्न विधातर्फका पाँच जनालाई पुरस्कार प्रदान गरिने जनाएको छ ।

‘महाकवि देवकोटा पुरस्कारको मापदण्ड तथा कार्यविधि, २०६८’ बमोजिम उनीहरुलाई ‘महाकवि देवकोटा पुरस्कार’ ले सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

कास्कीका तीर्थ श्रेष्ठलाई कविता, चितवनका लक्ष्मण गौतमलाई निबन्ध, काठमाडौंका नारायण ढकाललाई गद्याख्यान–नाटक तथा कल्पना प्रधानलाई बालसाहित्य–लोकसाहित्य र चितवनका रेशम घिमिरे ‘विरही’ लाई भाषा साहित्य सेवा विधामा पृरस्कृत गरिने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।

यही वैशाख २३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार उक्त पुरस्कार प्रदान गर्न लागिएको लामिछानेले जानकारी दिए । पुरस्कार समर्पणको अन्य विवरण पछि सार्वजनिक उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस